घोडाघोडीमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि

२२साउन,कैलाली । कैलालीको घोडाघोडी नगरपालिकामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौंमा भएको परीक्षणमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै घोडाघोडीमा कोरोना संक्रमितको संख्या ३२ पुगेको छ ।

घोडाघोडी नगरपालिकाको वडा नं ३ मा ३ जना, वडा नं ६ मा २ जना, वडा नं १ मा १ जना , वडा नं ९ मा २ जना र वडा नं ८ मा ३ जना गरि ११ जनाको कोरोना पुष्टि भएको घोडाघोडी नगरपालिकाका सिनियर अहेव अधिकृत मीन बहादुर धामिले जानकारी दिए

प्रकाशित मिति : २०७७ साउन २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस