सप्तरीमा एकै दिन ४३ जनाले कोरोना जिते

२२साउन,काठमाडौँ । सप्तरीमा एकै दिन ४३ जना सङ्क्रमित कोरोना जितेर घर फर्केका छन् । गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रणजीतकुमार झाका अनुसार एकैपटक नौ महिला सहित ४३ जना निको भएका हुन् ।

उनीहरूको अन्तिम रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले उनीहरुलाई डिस्चार्ज गरेको छ । एकै दिन ४३ जना निको भई घर फर्किँदा एक पुरुष र तीन महिला आइसोलेसन केन्द्रमा भर्ना भएको अस्पतालले जनाएको छ ।

यो सँगै कोरोना सङ्क्रमित बिरामी निको भएर फर्किनेको सङ्ख्या ३८४ पुगेको छ ।

प्रकाशित मिति : २०७७ साउन २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस