अखिल नेपाल युवक संघकाे वडा भेला सम्पन्न

२३साउन, रोल्पा । नेकपा (मसाल) निकट अखिल नेपाल युवक संघ सुनिलस्मृति—३ मिझिङको भेला वडा भेला सम्पन्न भएको छ । भेलाले चुमान रोकाको अध्यक्षतामा १५ सदस्यी वडा समिति गठन गरेको छ । जस उपाध्यक्षमा विशाल महरा, सचिवमा कल्पना गिरी, सह-सचिवमा पंकज महरा र कमल महरा रहेका छन् ।

समितिको सदस्यहरुमा प्रकाश महरा, झपेन्द्र थापा, प्रभाश पुन, पुरन रोका, सुस्मिति वि.क, रुमबहादुर के.सी. मेखनाथ बिष्ट, टेकेन्द्र बिष्ट, उषा बिष्ट, हुकुम वि.क. रहेका छन् । नवगठित समितिलाई राजमो रोल्पाका जिल्ला अध्यक्ष मेघनाथ विष्ट र अखिल नेपाल युवक संघका जिल्ला उपाध्यक्ष कृष्णराज ओलीले बधाई दिएका थिए ।

समितिको सल्लाहकारमा कृष्णराज ओली खगेन्द्रा बिष्ट रहेको राजमो मिझिङले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ साउन २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस