आज साउन २५ गते आइतवार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

२०७७ साउन २५ गते आइतबार

मेषः सामानहरू छुट्ने ? हराउने सम्भावना छ,मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ,व्यवसायका लागि यात्रा सम्भावना छ।

बृषः विपरीत लिंगी साथीले नयाँ उपलब्धि हात पार्दा हर्षित भइनेछ,आफन्त बीच अविश्वास बढ्ला,बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ ।

मिथुनः लगानी बढाउँदा व्यवसायबाट लाभ मिल्न सक्छ,उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला,सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान्।

कर्कटः किनमेल गर्दा सजग रहनु होला,साइनो गाँस्नेहरूले भने दुःख दिनेछन्,स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला,शुभ कुराको सङ्केत मिल्नेछ।
सिहंः सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ,आर्थिक समस्या पर्ने छ झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला ।

कन्याः झगडा पनि हुनसक्छ,अधुरा कामहरू बन्नेछन्,केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला,काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ।

तुलाः आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,गुमेको विश्वास फर्कने वातावरण पनि मिल्नेछ।

बृश्चिकः अप्रिय समाचारले दुःखी बनाउन सक्छ,अस्वस्थताका बीच कामको बोझ बढ्नेछ,पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ।

धनुः घरायसी वातावरणमा केही धमिलोपन आउने छ,विगतको श्रमबाट भने लाभ हुनेछ,आय आर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ ।

मकरः पठन–पाठनमा प्रगति हुनेछ,बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ।

कुम्भः विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ,स्वादिष्ट भोजनको आनन्द समेत पाइएला ।

मीनः विश्वास जित्नै अघि बढ्न सकिने छ,घरायसी व्यवहारबाट टाढै रहँदा करियर बनाउन सहज हुनेछ,स्थानान्तरण वा टाढाको यात्रा सम्भावना छ।

प्रकाशित मिति : २०७७ साउन २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस