
२५साउन, नेपालगन्ज । बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा निमोनिया भएर भर्ना भएकी ७० वर्षीया महिलाको आइतबार दिउँसो मृत्यु भएको हो ।
कोहलपुर नगरपालिका—२ की ७० वर्षीया महिलाको दिउँसो मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा. दिनेश श्रेष्ठले जानकारी दिए।
गत साउन २३ गते बिहान ७स्४५ बजे अस्पताल पुगेकी ती महिलाको सोही दिन स्वाब संकलन गरिएको थियो। उनको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो ।
प्रकाशित मिति : २०७७ साउन २५ गते आइतवार