२५साउन, काठमाडौँ । अन्तर जिल्ला यातायात तथा बाह्य तथा अन्तरिक हवाई उडान भदौ १ गतेदेखि नखुल्ने भएको छ ।
कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)ले अन्तर जिल्ला यातायात तथा बाह्य तथा अन्तरिक हवाई उडान १ भदौदेखि नखुलाउने प्रस्ताव गरेको छ ।
साउन ५ मा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन अन्त्य गर्दै अन्तर जिल्ला यातायात, बाह्य तथा अन्तरिक हवाई उडान तथा विद्यालय भर्ना लगायतका गतिविधि १ भदौदेखि सुरु गर्ने निर्णय गरेको थियो । तर, फेरि संक्रमितको संख्या बढ्न थालेपछि सीसीएमसीले १ भदौबाट सञ्चालन गरिने भनिएका सबै क्षेत्र १५ भदौसम्म नखोल्न प्रस्ताव तयार गरेको हो ।
बैंक, संघ संस्थामा ५० प्रतिशत मात्र कर्मचारी काममा बोलाउन र ५० प्रतिशतलाई घरमा राखेर ७ वा १५ दिन आलोपालो गर्नसमेत सीसीएमसीले प्रस्ताव गरेको छ ।
प्रकाशित मिति : २०७७ साउन २५ गते आइतवार