फाइल तस्वीर
२५साउन, काठमाडौं । सिम्रिक एयरका सबै हेलिकप्टरलाई उडानमा रोक लगाएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले कम्पनीले बक्यौता रकम नतिरेको भन्दै उडानमा रोक लगाएको हो ।
आर्थिक वर्ष २०७९/८० मा तिर्नुपर्ने बक्यौता रकम ५५ लाख रुपैयाँ थियो । तर, कम्पनीले आठ लाख मात्र तिरेको प्राधिकरणको दाबी छ ।
प्रकाशित मिति : २०८० साउन २५ गते बिहिवार


