
२७साउन, काठमाडौं । डोटीमा घर भत्किँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते छन् ।
जिल्लाको आदर्श गाउँपालिका–१, बाँझककानी खलगडाका लोगे बिकको घर भत्किँदा ४ जनाको मृत्यु भएको हो ।
घटनामा लोगेकी श्रीमती, २ दुई छोरी र एक छोराको मृत्यु भएको छ । त्यस्तै, लोगेकी आमा र छोरी घाइते भएका छन् ।
पाहुना लाग्न आएकी उनको सासू र साला पनि घाइते भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७७ साउन २७ गते मङ्गलवार