थप ६३८ जनामा कोरोना स‌ंक्रमण पुष्टि

२७ साउन, काठमाडौं । नेपालमा मंगलबार थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५ सय ६२ जनाको परीक्षण गर्दा ६३८ जना संक्रमित भेटिएका हुन् ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २३ हजार ९ सय ४८ जना पुगेको छ ।

प्रकाशित मिति : २०७७ साउन २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस