शिक्षकलाई ट्याब्लेट वितरण

२६साउन, रोल्पा । शैक्षिक गुणस्तर वृद्धि गर्न शिक्षकलाई ट्याब्लेट वितरण गरिएको छ ।

विद्यालय कोभिड–१९ को कारण शिक्षा क्षेत्रमा भएको शैक्षिक क्षति न्यूनिकरणका लागि सहयोग हुने उद्देश्यले त्रिवेणी गाउँपालिकाका सबै विद्यालयमा ट्याब्लेट वितरण गरिएको छ ।

त्रिवेणी गाउँपालिकाको समन्वय र यूनिसेफको सहयोगमा मानवअधिकार सचेतन केन्द्र (हुरेक) नेपाल रोल्पाद्वारा त्रिवेणी गाउँपालिकामा संचालन भइरहेकोे कोभिड–१९ शिक्षा प्रति कार्य कार्यक्रम अन्तरगत सो सहयोग गरिएको हो ।

कक्षा १ देखि कक्षा ३ सम्म सबै बालबालिकाहरुको सिकाइ क्षति न्यूनीकरण गर्नका लागि ३८ वटै विद्यालयका १ सय १२ टोल शिक्षा कक्षाहरु संचालन भइरहेका छन् ।

कक्षा १ देखि ३ सम्म टोल शिक्षामा अध्यापन गराउने शिक्षक शिक्षिकाहरुलाई डिजिटल शिक्षण सिकाइ सामग्रीहरु सहित एक-एक थान ट्याब्लेट र ब्लुटुथ स्पिकर वितरण गरिएको छ ।

टोल शिक्षा सहजकर्ताका लागि दोश्रो चरणको दुई/दुई दिने शिक्षण सहजीकरण तालिममा ती सामग्री हस्तान्तरण गरिएको हो ।

तालिमको उट्घाटन समारोहमा सामग्रीहरु हस्तान्तरण गर्दै त्रिवेणी गाउँपालिका अध्यक्ष कर्णबहादुर बाँठाले शिक्षण सिकाइ प्रक्रियालाई डिजिटल माध्यममा लैजान आवश्यकता भएको बताए ।

अध्यक्ष बाँठाले त्रिवेणी गाउँपालिकामा शिक्षाको क्षेत्रमा हुरेक र यूनिसेफले महत्वपूर्ण योगदान पुर्‍याएको उनले बताए छन् ।

प्रकाशित मिति : २०७९ साउन २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस