आज साउन २८ गते बुधबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

२०७७साउन २८ गते

मेषः बोली एवं व्वहारमा सक्दो नियन्त्रण राख्नु होला,घरायसी व्यवहारबाट टाढै रहँदा करियर बनाउन सहज हुनेछ,बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ।

बृषः पारिवारिक जीवनमा मतभेत रहनेछ,वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ,काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ।

मिथुनः दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ,आर्थिक समस्या पर्ने छ झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,पठन–पाठनमा प्रगति हुनेछ।

कर्कटः परिवारमा खुशी छाउनेछ,सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ,पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछः

सिहंः आर्थिक संकट पर्नेछ,साझपख सुधार हुनेछ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,चोटपटकको सम्भावना छ।

कन्याः सामानहरू छुट्नेरहराउने सम्भावना छ,विश्वास जित्नै अघि बढ्न सकिने छ,आजको दिन तेती राम्रो छैन,आफन्त बीच अविश्वास बढ्ला।

तुलाः घरायसी वातावरणमा केही धमिलोपन आउने छ,अप्रिय समाचारले दुःखी बनाउन सक्छ,विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ।

बृश्चिकः छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ,केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला।

धनुः अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला।

मकरः आफन्त बाट धोका हुन् सक्छ,अस्वस्थताका बीच कामको बोझ बढ्नेछ,सानातिना कामको झमेला आउनसक्छ,उद्योग र व्यापारमा विशेष फाइदाको योग छ।

कुम्भः विपरीत लिंगी साथीले नयाँ उपलब्धि हात पार्दा हर्षित भइनेछ,बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ।

मीनः घरायसी वातावरणमा केही धमिलोपन आउने छ,झगडा पनि हुनसक्छ,यात्रा घातक बन्न सक्छ,स्वास्थ्यमा सुधार आउने छ।

प्रकाशित मिति : २०७७ साउन २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस