गृह मन्त्रालयद्वारा सवारी पास बन्द

२८साउन, काठमाडौँ । कोरोना भाइरसको संक्रमण फैलँदै गएपछि गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा जाने सवारी पास बन्द गर्ने निर्णय गरेको छ ।

बिहीबारदेखि लागू हुने गरी पास वितरण बन्द गर्न गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ ।

कोरोना संक्रमण फैलिन सक्ने खतरालाइ मध्यनजर गर्दै केही दिनलाई सवारी पास पूर्ण रूपमा बन्द गर्न मन्त्रालयले पत्राचार गरेको हो ।

गृह मन्त्रालयले जारी गरेको विज्ञप्ति यस्तो छ-

प्रकाशित मिति : २०७७ साउन २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस