आज साउन २९ गते बिहिबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

२०७७, साउन २९ गते बिहिबार

मेषः दिन मध्यम छ । उच्च खर्च हुनेछ । आर्थिक मामिलामा सचेत रहनु बेस हुनेछ । खासै काम बन्ने देखिदैन ।

वृषः दिन भाग्यवर्धक छ । व्यक्तित्व विकास हुनेछ । चिन्तनप्रधान काम गरिनेछ । अनुसन्धानमा गति थपिनेछ ।

मिथुनः दिन प्रतिकूल छ । अपव्ययको सम्भावना रहनेछ । उच्च खर्च र बड्प्पनले प्रभावित पार्नसक्छ । धैर्यपूर्वक काम गर्नु पर्नेछ ।

कर्कटः दिन उत्तम छ । स्पष्ट अभिव्यक्तिले तीव्रता पाउनेछ । अत्यन्त उत्साहित भइनेछ । महŒवपूर्ण निर्णय गरिनेछ ।

सिंहः दिन सार्थक छ । आँटेको काममा सफलता मिल्नेछ । कार्य प्रगतिमा तीव्रता आउनेछ । सहकार्यमा आफ्नो वर्चस्व बढ्नेछ ।

कन्याः दिन मध्यम छ । धार्मिक क्षेत्रमा रूचि घट्नसक्छ । कडा प्रतिस्पर्धा गर्नुपर्नेछ । आवेश र घुसघुसे पन बढ्नसक्छ ।

तुलाः दिन प्रतिकूल छ । अनपेक्षित कामले समय लिनेछ । नराम्रो समाचारले मन विथोल्न सक्छ । धैर्य गर्नुृ ठूलो साहस हुनेछ ।

वृश्चिकः दिन अत्युत्तम छ । यात्रा गर्ने अवसर मिल्नेछ । पारवहन सम्बन्धी काम बन्नेछ । प्रियजन भेटिनेछन् । रमाइलो कार्यक्रममा सहभागी भइनेछ ।

धनुः दिन उत्तम छ । मुख्य काममा गति थपिनेछ । बौद्धिक काम हुनेछ । उपयुक्त निर्णय गरिनेछ । मनमा सन्तोष मिल्नेछ ।

मकरः दिन मध्यम छ । प्राप्त अवसरको उपयोग गर्न कठिन हुनेछ । स्वस्थ्यमा खराबीपन आउनसक्छ । काममा सावधनीको आवश्यकता महसुस हुनेछ ।

कुम्भः दिन प्रतिकूल छ । आटेको काममा व्यवधान आउनसक्छ । महत्वपूर्ण कामको आशा नगर्नु बेस हुनेछ । काममा ढिलाइ हुनेछ ।

मीनः दिन उत्तम खालको रहनेछ । सामाजिक कार्यव्रmममा सहभागी भइनेछ । व्यस्तता बढ्नेछ । यश, कीर्ति मिल्नेछ । कामप्रति जोश, जाँगर चल्नेछ ।

प्रकाशित मिति : २०७७ साउन २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस