थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि

२९ साउन, काठमाडौं । नेपालमा आज ५२५ जना कोरोना संक्रमित थपिएका छन् ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ । उनीहरुमध्ये ९६ जनाको मृत्यु भएको छ भने १६ हजार ८३७ जना निको भएका छन् ।

प्रकाशित मिति : २०७७ साउन २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस