
२९ साउन, सुर्खेत। कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेपछि विराटनगर महानगरपालिकामा लकडाउनको समय थप गरेको छ ।
यसअघि शुक्रबार (भोलि) सम्मका लागि तोकिएको लकडाउन अब भदौ ५ गतेसम्मका लागि थपिएको मेयर भीम पराजुलीले जानकारी दिए ।
कोरोना भाइरसको सम्भावित जोखिम रोकथाम तथा नियन्त्रणका लागि नगर र जिल्ला स्तरीय कोभिड १९ क्राइसिस म्यानेजमेन्ट समितिले लकडाउन थप गर्ने निर्णय गरेको महानगरपालिकाले जनाएको छ ।
प्रकाशित मिति : २०७७ साउन २९ गते बिहिवार