पढ्दै कमाउँदै महेन्द्र क्याम्पसका विद्यार्थी


२८ साउन, दाङ । महेन्द्र बहुमुखी क्याम्पस दाङमा बि.एस.सि. सीएसआईटी र बि.सि.ए.मा अध्ययनरत विद्यार्थीहरूले अध्ययनसँगै कमाउने अवसर पाएका छन् । प्राविधिक सीप र उद्यमशील सोचको संयोजन मार्फत उनीहरूले नयाँनयाँ परियोजना निर्माण गरी व्यावहारिक अनुभव बटुलिरहेका छन् ।

स्वतन्त्र विद्यार्थी युनियन, महेन्द्र बहुमुखी क्याम्पस दाङको आयोजना एवं क्याम्पस प्रमुख डा. नारायण पन्थीको प्रमुख आतिथ्यमा बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा विद्यार्थीहरूले आफ्ना उपलब्धिहरू प्रस्तुत गरेका थियो । 

बि.एस.सि. सीएसआईटी तेस्रो सेमेस्टरकी निरूता आचार्यले ‘लबलाइन्स’ नामक मोबाइल एप विकास गरी गुगल प्ले स्टोरमा सार्वजनिक गरेको जानकारी दिए । यसले उनलाई नयाँ चुनौतीहरू स्वीकार गर्न प्रेरित गरेको अनुभव सुनाए ।

बि.एस.सि. सीएसआईटी छैटौँ सेमेस्टरका आयुश अधिकारीले ‘फाइनान्स एफ’ एप निर्माण गरेको र सातौँ सेमेस्टरका जगदिश पौडेलले ‘प्रश्नपत्रको सँगालो–सीएसआईटी प्रो’ नामक एप लन्च गरेको दिए।  यी एपहरू हाल १०० भन्दा बढी सक्रिय प्रयोगकर्ताले प्रयोग गरिरहेका उनीहरूको भनाई थियो । 

त्यस्तै, बि.एस.सि.  सीएसआईटी छैटौँ सेमेस्टरका जगदिश ओली,  निर्देश तिवारी, कमल भट्टराई तथा बि.सि.ए. चौथो सेमेस्टरका सञ्जय कार्कीले वेबसाइट डिजाइन मार्फत आम्दानी गरिरहेको बताए। 

विद्यार्थीहरूले यस किसिमको व्यावहारिक अवसर प्रदान गरेकोमा क्याम्पस प्रशासन, स्वतन्त्र विद्यार्थी युनियन र सिएसए क्लबलाई धन्यवाद समेत ज्ञापन गरेका थिए । 

क्याम्पस स्ववियु सभापति दिपेश डिसीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक कृष्णदेव थापाले स्वागत मन्तव्य राखेका थिए। भने कार्यक्रमको सहजिकरण सचिव सागर पण्डितले गरेका थिए । 

प्रकाशित मिति : २०८२ साउन २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस