कोरोना संक्रमितको संख्या विश्वमा २ करोड ४ लाख

३०साउन, काठमाडौं । कोरोना संक्रमितको संख्या विश्वमा २ करोड ४ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ४ लाख ३९ हजार ८१४ पुगेको छ ।

सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ ।

प्रकाशित मिति : २०७७ साउन ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस