सिन्धुपाल्चोक पहिरो अपडेटः १३ घरमा पूर्ण क्षति, १५ जना घाइते

फाइल फाेटाे

३०साउन, काठमाडौँ । सिन्धुपाल्चोकको जुुगल गाउँपालिका—२ लिदीमा शुक्रबार बिहान ६ बजे गएको पहिरोले १३ घरमा पूर्ण क्षति पुर्‍याएको छ ।

यो पनि पढ्नुहोस् :सिन्धुपाल्चोकको लिदीमा पहिरो, २१ घर पुरिए

त्यस्तै, १५ जना घाइते भएको अवस्थामा आफै घरभित्रबाट निस्किएका छन् ।

स्थानीयका अनुसार पहिरोले ठूलो क्षति पुर्‍याएकाले उद्धारमा कठिनाई भएको छ ।

पुरिएका ५ घरका सबै सम्पर्कविहीन रहेको र कति जना पुरिए भन्ने अझै खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २०७७ साउन ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस