आज साउन ३१ गते शनिबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

२०७७ साउन ३१ गते शनिबार

मेषः समय अनुकूल रहनेछ । सौहार्दपूर्ण व्यवहारले प्रभावित पार्नेछ । आटेको काम सम्पन्न हुनेछ । यश, कीर्ति मिल्नेछ ।

वृषः आको दिन मध्यम खालको छ । आम्दानी घट्नेछ । बोलीवचनमा सावधान रहनु पर्ने देखिन्छ शरीर पनि अस्वस्थ हुन सक्छ । धैर्य गर्नु पर्नेछ ।

मिथुनः दिन भाग्योदयकारक रहनेछ । अर्थ प्राप्ति हुनेछ । निर्णय क्षमता बढ्नेछ । दीर्घकालीन कार्ययोजनाको तय हुनेछ ।

कर्कटः दिन प्रतिकूल छ । खर्चको मात्रा बढ्नेछ । घमण्ड हानिकारक रहनसक्छ । काममा सावधानीको आवश्यकता महसुुस हुनेछ ।

सिंहः दिन उत्तम छ । आयआर्जन बढ्नेछ । पढाइ लेखाइतिर मन जानेछ । बौद्धिक कामबाट प्रसन्न भइनेछ ।

कन्याः दिन उत्तम छ । आटेको काममा सफलता मिल्नेछ । उत्कृष्ट मान सम्मान पाइनेछ । मनमा सन्तोष बढ्नेछ । मुख्य काम गरिनेछ ।

तुलाः दिन मध्यम छ । धर्मकर्मतिर रूचि निकै कम हुने देखिन्छ । रोगले सताउन सक्छ। सावधान रहनु निकै बुद्धिमानी हुनेछ ।

वृश्चिकः दिन नितान्त प्रतिकूल छ । काममा व्यवधान आउनेछ । मन खिन्न हुनसक्नेछ । महत्वपूर्णकामको आशा नगर्नु बेस हुनेछ ।

धनुः दिन अत्युत्तम छ । आटे ताकेको काम बन्नेछ । यात्रा गर्ने अवसर मिल्नेछ । पारिवारिक सहयोग प्राप्त हुनेछ । प्रियजनसँग भेटघाट हुनेछ । मनोरञ्जन गरिनेछ ।

मकरः दिन उत्तम छ । कामप्रति रूचि बढ्नेछ । शत्रु परास्त हुनेछन् । स्वास्थ्य सबल रहनेछ । आटे ताकेको काम बन्नेछ ।

कुम्भः दिन मध्यम छ । नियमित कामलाई निरन्तरता दिनु पर्नेछ । मनमा चिन्ता पर्न सक्छ । स्वास्थ्यमा पनि गडबड हुन सक्छ । सचेत रहनु बेस हुनेछ ।

मीनः दिन प्रतिकूल छ । मनमा भय र त्रास पैदा हुन सक्नेछ । ठूलो योजनाको काममा हात नराख्नु नै बेस हुनेछ । सुखको खोजीमा अल्छीपन बढ्नेछ ।

प्रकाशित मिति : २०७७ साउन ३१ गते शनिवार
प्रतिक्रिया दिनुहोस