४६८ जनामा कोरोना संक्रमण पुष्टि

३१ साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ४४७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ ।

प्रकाशित मिति : २०७७ साउन ३१ गते शनिवार
प्रतिक्रिया दिनुहोस