राष्ट्रिय युवा संघ परिवर्तन गाउँपालिका स्तरीय भेला सम्पन्न, विभिन्न ३ संगठन निर्माण

३१साउन,रोल्पा । राष्ट्रिय युवा संघ नेपालको परिवर्तन गाउँपालिका स्तरीय भेला शनिबार पुत्लाचौरमा सम्पन्न भएको छ।

टेकेन्द्र रोकामगरको अध्यक्षता र राष्ट्रिय युवा संघ रोल्पाका संयोजक प्रेम वि.क.को प्रमुख आथित्यता र देवप्रसाद वलीको विशेष आथित्यतामा परिवर्तन गाउँपालिकामा पुत्लाचौरमा भेला सम्पन्न भएको हो ।

भेलाले टेकेन्द्र रोकाको संयोजकत्वमा वर्णस रोकामगर ईन्चार्ज रहने गरी ५१ सदस्यीय राष्ट्रिय युवा संघ परिवर्तन गाउँ कमिटी गठन गरेको छ ।

खड्क डाँगीको संयोजकत्वमा सविन परियार ईन्चार्ज रहने गरी ३१ सदस्यीय युथ फोर्स गठन गरेको छ ।

त्यसैगरी कासिराम थापा संयोजक रहेको ६ सदस्यीय साईवर सेना गाउँ कमिटी गठन गरिएको छ ।

भेलाले गाउँ टोलसम्म कमिटीहरुलाई निर्माण गर्ने निर्णय समेत गरेको युवा नेता प्रदिप डाँगीले जानकारी दिए।

भेलामा प्रमुख अतिथि समेत रहनुभएका राष्ट्रिय युवा संघ रोल्पाका संयोजक प्रेम विकले पछिल्लो समय नेकपा एमाले र युवा संघप्रति देशैभर जनताको भरोसा र विश्वास बढ्दै गएकाले जिल्ला भरी संगठन विस्तारको अभियानलाई व्यापक बनाउँदै लगिएको र सबैलाई सक्रियताका साथ लाग्न आग्रह गरे । भने भेलाको सञ्चालन लोक्चन डाँगीले गरेका थिए ।

प्रकाशित मिति : २०७८ साउन ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस