३२साउन, चितवन – चितवनका थप ३ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा थप ३ जना प्रहरीमा कोरोना पुष्टि भएको हो ।

संक्रमित ३ जना मध्ये दुई प्रहरी हवल्दार र एक जना जवान रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।