नेकपाले बोलायो सचिवालय बैठक

३२साउन,काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालय बैठक बोलाएको छ ।

नेकपाका वरिष्ठ नेता झलनाथ खनालका अनुसार सोमबार बिहान ९ः३० बजेतिर बस्ने गरी सचिवालय बैठक बोलाइएको हो । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने छ ।

बैठकमा पार्टी विवाद समाधानका लागि गठित कार्यदलका सन्दर्भमा छलफल हुने जनाइएको छ ।यसअघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)ले आन्तरिक विवाद समाधानका लागि भन्दै ६ सदस्यीय कार्यदल गठन गरेका थिए ।

दुई अध्यक्ष मात्रको निर्णयका आधारमा कार्यदल गठन गरिएकोप्रति वरिष्ठ नेता झलनाथ खनाल, माधव कुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतले विरोध जनाएका थिए । नेताहरुले कार्यदल गठनको विषयमा थप निर्णय गर्न तत्काल पार्टी सचिवालयको बैठक बोलाउन ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति : २०७७ साउन ३२ गते आइतवार
प्रतिक्रिया दिनुहोस