सरकार ढाल्न अन्तरार्राष्ट्रिय शक्तिहरु सक्रिय : कानूनमन्त्री केसी

३२साउन रोल्पा । प्रदेश नम्बर ५का आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले सरकार ढाल्न अन्तरार्ष्ट्रिय शक्तिहरु चलखेलमा लागेको बताएका छन् ।

प्रेस संगठन रोल्पाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री केसीले यस्तो बताएका हुन । सरकारले नयाँ नक्सा जारि गरेपछि पश्चिमा र दक्षिणी शक्तिहरु सरकार ढाल्न शक्तिय भएका छन् । उनले भने‘ यस्तो अवस्थामा नेकपाले बुद्धिमाणि खेल्ल खेलि सरकार बच्चाउनु पर्ने बताए ।

पार्टीमा चलिरहेको आन्तरिक बहसलाई छताछुल्ल बनाउने भन्दा पनि पार्टी भित्र नै व्यापक छलफल गरी समाधान गर्नुपर्ने बताए । उनले नेकपाका केहि नेताहरु अध्यक्षद्वयलाई उक्साइ पार्टी विभानको पक्षमा लागेको आरोप लगाएका छन् ।

पूर्व माओवादी र पूर्व एमाले भन्दा पनि नेकपाको उच्चाईबाट बहस गरि पार्टी बचाउनु पर्ने बताएका छन् ।

प्रकाशित मिति : २०७७ साउन ३२ गते आइतवार
प्रतिक्रिया दिनुहोस