
२०७७ भदौ १ गते सोमबार
मेषः दिन प्रतिकूल छ । आर्थिक पक्षमा सावधान रहनु बेस हुनेछ । काम गर्ने वातावरण अनुकूल छैन । धैर्य गर्नु बुद्धिमानी हुनेछ ।
वृषः दिन उत्तम छ । आटेको काम बन्नेछ । सामाजिक कार्यक्रममा सहभागी भइनेछ । यश,कीर्ति मिल्नेछ । व्यस्तता बढ्नेछ ।
मिथुनः दिन मध्यम छ । आर्थिक मामिलामा निकै सावधान रहनु पर्ने देखिन्छ । बोलीमा कडापन आउन सक्छ । धैर्य गर्नु निकै बुद्धिमानी हुनेछ ।
कर्कटः दिन भाग्यवर्धक रहनेछ । कामको उच्च मूल्याङ्गन हुनेछ । नयाँ कामको अवसर मल्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । पराव्रmम बढ्नेछ ।
सिंहः दिन नितान्त प्रतिकूल छ । खर्च बढ्नेछ । आटेको काम बन्न कठिन हुनेछ । ठूलो कामको अपेक्षा नगर्नु नै बेस हुनेछ ।
कन्याः दिन अनुकूल छ । जागिरमा सफलता मिल्नेछ । आयआर्जनका प्रशस्त बाटाहरू खुल्नेछन् । शुभ समाचार मिल्नेछ ।
तुलाः दिन उत्तम छ । बौद्धिक कार्यको चिन्तन गरिनेछ । उच्चस्तरीय कार्यव्रmमको तय हुनेछ । नयाँ साथीभाइ भेटिनेछन् ।
वृश्चिकः दिन मध्यम छ । धर्मकर्ममा अवरोध आउन सक्छ । स्वास्थ्य पनि त्यति अनुकूल देखिदैन । हरेक काममा सावधानी चाहिन्छ ।
धनुः दिन प्रतिकूल छ । मुख्य काममा अलमल हुनेछ । मन अमिलो हुनसक्नेछ । महत्वपूर्ण काममा अवरोध आउनसक्नेछ ।
मकरः दिन अत्युत्तम छ । पारिवारिक सुख मिल्नेछ । व्यापार, व्यवसाय फस्टाउनेछ । वैदेशिक भ्रमणको योग रहनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ ।
कुम्भः दिन उत्तम छ । आटेको काम बन्नेछ । शत्रु परास्त हुनेछन् । उत्कृष्ट भाग्यवृद्धि हुनेछ । मन प्रसन्न रहनेछ । मावली पक्ष सहयोगी रहने देखिन्छ ।
मीनः दिन मध्यम खालको छ । शरीर अस्वस्थ रहन सक्नेछ । निर्णय क्षमतामा कमी आउन सक्छ ।धैर्य गर्नु निकै बेस हुनेछ ।