१भदौ,काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ७लाख ६१ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार योसमाचार तयार पर्दासम्म ७ लाख ६१ हजार १८ जनाको मृत्यु भइसकेको छ ।
कोरोनाले सबैभन्दा धेरै मृत्यु हुने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ भने दोस्रोमा ब्राजिल छ ।
हालसम्म संक्रमितको संख्या २ करोड १२ लाख ६० हजार ७६० पुगेको तथ्यांकमा उल्लेख छ ।
प्रकाशित मिति : २०७७ भाद्र १ गते सोमवार