
१ भदौ,काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ९एसईई०को नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रक रामराजा खकुरेलले नतिजा सार्वजनिक गरिएको जानकारी दिए । यसअघि राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षाको नतिजा प्रमाणिकरण गर्ने निर्णय गरेको हो ।
कोरोना भाइरसको संक्रमणका कारण एसईई परीक्षा हुन नसकेपछि विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई प्रमाणिकरण गर्ने निर्णय गरेपछि नतिजा सार्वजनिक भएको हो ।
२० साउनमै परीक्षाफल सार्वजनिक गर्ने बोर्डको तयारी थियो । तर कोरोना संक्रमण बढेपछि बोर्डको बैठक बस्न सकेको थिएन ।
सरकारले नतिजा सार्वजनिक गर्न अनुमति दिएपछि नतिजा सार्वजनिक गरेको हो । यो वर्ष ४ लाख ८२ हजार ९ सय ८६ परीक्षार्थी सहभागी छन् । नतिजा टेलिफोन, एसएमएस र वेबसाइटमार्फत हेर्न सकिने छ ।
प्रकाशित मिति : २०७७ भाद्र १ गते सोमवार