![](https://onlinesajha.com/wp-content/uploads/2020/06/see_exam-1800x939.jpg)
१ भदौ,काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ ।
कोरोना भाइरसको संक्रमणका कारण एसईई परीक्षा हुन नसकेपछि विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई प्रमाणीकरण गरेर नतिजा सार्वजनिक भएको हो ।
परीक्षा नियन्त्रक रामराजा खकुरेलले नतिजा सार्वजनिक गरिएको जानकारी दिए । यो वर्ष ४ लाख ८२ हजार ९ सय ८६ परीक्षार्थी सहभागी छन् । नतिजा टेलिफोन, एसएमएस र वेबसाइटमार्फत हेर्न सकिने छ ।
यसरी हेर्नुहोस् एसईईको नतिजा
प्रकाशित मिति : २०७७ भाद्र १ गते सोमवार