१ भदौ, रोल्पा । नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीले आफुहरु समाजवादमा पुग्ने स्पष्ट एजेण्डा सहितको वाम गठबन्धनको पक्षमा रहेको बताएका छन् ।

प्रेस चौतारी नेपाल, रोल्पाले लिबाङमा आयोजना गरेको पत्रकार भेटघाटमा सचिव रायमाझीले उक्त कुरा बताएका हुन । विकास र संवृद्धीको माध्यमबाट समाजवादसम्म पुग्ने स्पष्ट कार्यदिशा सहित आफुहरु वाम गठबन्धनको पक्षमा रहेको उनले बताए ।

नेकपा एमाले जिल्ला संगठन समिति रोल्पाले बुधबार सदरमुकाम लिबाङमा आयोजना गरेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न रायमाझी रोल्पा आएका हुन् । प्रशिक्षण कार्यक्रमका लागि नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा राष्ट्रिय सभा संसदीय दलका नेता खिमलाल भट्टराई लगायतका नेताहरु रोल्पा आएका छन्।