बाँकेमा थप १ कोरोना संक्रमितको मृत्यु

२ भदौ, नेपालगन्ज। बाँकेमा थप १ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका-५ का ६२ वर्षीय पुरुष हुन् ।

उनको सोमबार राति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।

मृत्यु भएका ती पुरुषको फोक्सोमा निमोनिया भएको थियो । उनलाई गत ३० साउनमा कोरोना लक्षण देखिएपछि परिवारका सदस्यले साउन ३२ मा उपचारका लागि नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल नेपालगन्जमा गरेका थिए ।

प्रकाशित मिति : २०७७ भाद्र २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस