दाङमा टिपरको ठक्करबाट एक बालकको मृत्यु

२भदौ,दाङ । दाङमा टिपरको ठक्करबाटएक बालकको मृत्यु भएको छ।

भालुवाङबाट लमही आउँदै गरेको बा ५ ख १४५ नम्बरको टिपरले राप्ती गाउँपालिका वडा नं १ पाखापानीमा ठक्कर दिँदा सोही ठाउँका ७ वर्षीय राकेश कुमालको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुबाङले जानकारी दिएको छ ।

ठक्कर दिने टिपर र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस