२भदौ,बुटवल। जिल्ला प्रशासन कार्यालय रुपन्देहीले भदौ ७ गतेसम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी महादेव पन्थले दिएको आदेशअनुसार आज रातिदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरिएको छ ।

जारी आदेशमा खुला स्थानमा भेला हुन नपाइने, भीडभाड गर्न नपाइने, सभा जुलुस गर्न नपाइने, मुख्य राजमार्गमाबाहेक यातायात सञ्चालन गर्न नपाइने लगायतका उल्लेख छ ।