राष्ट्रकवि घिमिरेको निधन

२भदौ,काठमाडौं।राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा उनको निधन भएको पारिपारिक स्रोतले जनाएको छ ।

स्वासप्रश्वासमा समस्या देखिएपछि विगत ४ महिनादेखि अक्सिजन दिएर उनको घरमै उपचार गरिएको थियो । उनको १०२ बर्षको उमेरमा निधन भएको हो ।

घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार, कवि र गीतकार हुन् ।

उनले साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख(प्रबन्धजस्ता अनेकौं विधा(उपविधाहरुमा निरन्तर कलम चलाउँदै आएका थिए ।

नव मञ्जरी, गौरी ९शोककाव्य०, मालती मङ्गले ९गीतिनाटक०, हिमालपारि हिमालवारि ९गीतिनाटक०, उनले राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता किन्नर९किन्नरी ९गीतसङ्ग्रह०, चारु चर्चा ९निबन्ध०, आफ्नो बाँसुरी आफ्नै गीत ९निबन्ध० उनका चर्चित लेखहरु हुन् ।

प्रकाशित मिति : २०७७ भाद्र २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस