बुधबार मध्यरातिदेखि काठमाडौँ उपत्यकामा एक साता निषेधाज्ञा

२ भदौ, काठमाडौं । कोरोना संक्रमण दैनिक रूपमा बढ्दै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाइने भएको छ ।

उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी र चारवटै सुरक्षा निकायका जिल्ला प्रमुख उपस्थित बैठकले १० भदौसम्मका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको हो । निषेधाज्ञामा यातायात, अत्यावश्यक सेवाबाहेक अन्य व्यवसाय बन्दपूर्ण रूपमा बन्द हुने छन् ।

मन्त्रिपरिषदको सोमबारको बैठकले जिल्ला प्रशासन र स्थानीय प्रशासनलाई निषेधाज्ञालगायतका आवश्यक कामकाज जिम्मेवारी दिएको थियो ।

प्रकाशित मिति : २०७७ भाद्र २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस