राष्ट्रकवि घिमिरेको निधन

२ भदौ, काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । उनको १ सय १ वर्षको उमेरमा आज आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले बताएको छ ।

उनी केही समयदेखि अस्वस्थ थिए । घरमै आराम गर्दै उपचाररत उनको आज साँझ ५ः५५ बजे निधन भएको हो ।

१९७६ सालमा लमजुङमा जन्मिएका घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार, कवि र गीतकार हुन् ।

उनले साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख प्रबन्धजस्ता अनेकौं विधा उपविधाहरुमा निरन्तर कलम चलाउँदै आएका थिए ।

नव मञ्जरी, गौरी (शोककाव्य), मालती मङ्गले (गीतिनाटक), हिमालपारि हिमालवारि (गीतिनाटक), उनले राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता किन्नर–किन्नरी (गीतसङ्ग्रह), चारु चर्चा (निबन्ध), आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध) उनका चर्चित लेखहरु हुन् ।

प्रकाशित मिति : २०७७ भाद्र २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस