
२भदौ, काठमाडौं ।बागमती प्रदेश नेकपा एमालेको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन भएकी छन्। यसअघिका नेता डोरमणि पौडेललाई राजीनामा गराएर शाक्यलाई संसदीय दलको नेता चयन गरिएको हो।
अब शाक्यलाई मुख्यमन्त्री बनाउने एमालेको तयारी छ। शाक्य यसअघि माधवकुमार नेपाल पक्षमा थिइन्। नेपालले नयाँ दल गठन गर्ने तयारी गरेपछि नेपाल पक्षकी नेता शाक्यलाई ल्याएर ओली पक्षले ट्विस्ट गराएको हो।
उता नेपालको नेतृत्वमा नयाँ दल दर्तालका लागि निवेदन समेत दर्ता समेत गराएको छ। सरकारले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ ल्याएपछि नेपालको नेतृत्वमा दल दर्ताका लागि आवेदन दिइएको हो।
प्रकाशित मिति : २०७८ भाद्र २ गते बुधवार