
२भदौ, रोल्पा । राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानवअधिकार एलाईन्स) रोल्पाको अध्यक्षमा टीका घर्तीमगर चयन भएका छन् । एलाईन्सको बिहिबार लिबाङमा सम्पन्न प्रथम अधिवेशनबाट घर्तीमगरको अध्यक्षतामा १३ सदस्यीय समिति चयन गरिएको हो ।
एलाईन्सको उपाध्यक्षमा सुधा न्यौपाने उपाध्यक्ष, सचिवमा मदन घर्तिमगर, कोषाध्यक्षमा तेजमाया घर्तीमगर, सदस्यहरुमा कमानसिंङ बाँठामगर, खकेन्द्र वली, जयन्द्र के.सी., निरास पुन, मनिषा घर्ती, फर्किमाया रोका, ईकबहादुर घर्ती र धनिषा बुढामगरलाई कार्यसमितिमा चयन गरेको छ ।
टिका घर्तिमगरको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रीय सदस्य तथा रोल्पा जिल्ला ईन्चार्ज नवीन रोकामगरको प्रमुख आतिथ्यता, मानबअधिकार एलाईन्सका केन्द्रीय सचिव शोभाराम डाँगिको विशेष आतिथ्यतामा सम्पन्न अधिवेशनमा नेकपा एमालेका केन्द्रीय सदस्यद्वय ईश्वरी जि.एम, यमुना रोका, एमाले रोल्पाका अध्यक्ष बालाराम बुढा, एमाले केन्द्रीय सल्लाहकार रीमा नेपाली, एमाले प्रदेश कमिटी सदस्यहरु घनश्याम आचार्य, सावित्रा बुढा, मीना बुढा लगायतका नेताहरुको उपस्थिति रहेको थियो।
अधिवेशनले रोल्पामा विद्यार्थीहरुले शैक्षिक सत्र सञ्चालनको लामो समय वित्दा पनि पाठ्यपुस्तक नपाएको, गाउँघरमा म्याद नाघेका खाद्यान्न सामग्रीहरुको प्रभावकारी बजार अनुगमन, किसानहरुले समयमै मल नपाउदा झेल्नुपरेको शास्ती, जिल्लामा पछिल्लो समय घटिरहेका मानवअधिकार उल्लघंनका घटनाहरु लगायतका बिषयमा जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराउने समेत निर्णय गरेको नवनिर्वाचित अध्यक्ष टीका घर्तिमगरले बताएका छन्।
अधिवेशन उद्घाटन समारोहको सञ्चालन कृष्णिकुमारी गौतमले गरेकी थिए। भने नवगठित कमिटीलाई मानवअधिकार एलाईन्सका केन्द्रीय सचिव शोभाराम डाँगिले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।