पूर्व प्रहरीद्वारा बिरामीलाई फलफूल वितरण

२भदौ, रोल्पा। नेपाल पूर्व प्रहरी संगठन रोल्पाले ३५ औं स्थापना दिवसका अवसरमा बिरामीलाई फलफूल वितरण गरेको छ।

संगठन रोल्पा शाखाले शनिबार बिहान रेउघास्थित रोल्पा जिल्ला अस्पतालमा भर्ना भएका करिब डेढ दर्जन बिरामीलाई फलफूल वितरण गरिएको हो। संगठनका अध्यक्ष प्रहरी नायब निरीक्षक तेजराज भण्डारीले संगठनको स्थापना दिवस मनाउने क्रममा सामाजिक कार्य गर्ने उद्देश्यले बिरामीलाई फलफूल बाँडेर सुस्वास्थ्यको कामना पनि गरिएको बताए ।

यसैबीच संगठनले दिउँसो दिवसका अवसरमा लिबाङमा अन्तरक्रिया कार्यक्रम पनि आयोजना गर्‍यो। संगठनमा आवद्ध भएका नयाँ ७ जना सदस्यलाई स्वागत गर्दै ७० वर्ष पुगेका ७ जना पूर्व प्रहरीलाई सम्मान समेत गरिएको हो।

संगठनले पूर्व प्रहरीका परिवार, अमर प्रहरीका सन्तान एवं परिवार, ज्येष्ठ सदस्य र समाजका लागि सामाजिक जागरणका गतिविधि संचालन गर्ने योजना भएको संगठनका सचिव पूर्व प्रहरी हवल्दार याम गुरुङले बताए ।

पूर्व प्रहरी संगठन रोल्पा शाखामा करिब ९० जना सदस्य आवद्ध छन्। अध्यक्ष भणडारीका अनुसार अधिकांश सदस्य तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा खटिएका थिए। तीमध्ये ५ जना द्वन्द्वका घाइते छन्। केही अमर प्रहरी ९तत्कालीन द्वन्द्वका बेला ज्यान गुमाएका प्रहरीका० परिवार छन्।

प्रकाशित मिति : २०८२ भाद्र २ गते सोमवार
प्रतिक्रिया दिनुहोस