राष्ट्रकवि घिमिरेको निधनप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त

२ भदौ,काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेकी छन्।

उनले ट्वीटरमा उल्लेख गरेकी छन् – “राष्ट्रकवि माधवप्रसाद घिमिरेको दुःखद् निधनको खबरले स्तब्ध भएको छु। काव्य र कविताको माध्यमबाट राष्ट्र¸ राष्ट्रियता र नेपाली साहित्यको श्रीवृद्धिमा उहाँले पुर्‍याउँनु भएको योगदानलाई हामी सधैँ सम्झिरहने छौं। दिवंगत राष्ट्रकविप्रति श्रद्धाञ्जली एवं शोकविह्वल परिवारमा गहिरो समवेदना !”व्यक्त गरेका छन्

प्रकाशित मिति : २०७७ भाद्र ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस