कांग्रेस नेता गिरीको निधनमा राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त

File photo

५भदौ,काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कांग्रेसका नेता प्रदीप गिरीको निधनमा शोक व्यक्त गरेकी छन् । गिरीको निधनले सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएको समेत राष्ट्रपति भण्डारीले जनाएकी छन् ।

‘समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनको खबरले अत्यन्त दुखी बनाएको छ, उहाँको निधनबाट हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौँ,’आज बिहान ट्विट गर्दै भनेकी छिन, ‘म दिवङ्गत प्रदीप गिरिप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । साथै, शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु।’

उपचारको क्रममा गए राति प्रतिनिधिसभा सदस्यसमेत रहेका गिरीको निधन भएको थियो । आजै उनको पशुपति आर्यघाटमा अन्त्यष्टि गरिनेछ ।

प्रकाशित मिति : २०७९ भाद्र ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस