६ भदौ, काठमाडौं । भारतीय स्वतन्त्रताका अगुवा नेता महात्मा गान्धीको भनिएको चश्मा २.२५ करोड (भारु)मा लिलाम भएको छ।भारतीय सञ्चारमाध्यमका अनुसार अमेरिकाका एक कलेक्टरले उक्त चश्मा किनेका हुन।
उक्त चश्मा केही समय अघि बेलायतको एक व्यस्त औद्योगिक भवनको एउटा पत्रमञ्जुसा ९लेटरबक्स० मा झुन्डिएको अवस्थामा फेला परेको थियो।
उक्त चश्मा आज ९अगस्ट २१० मा लिलाम गरिएको छ। यो चश्मा फेला पारेका बेलायती बृद्धले लिलामीबाट प्राप्त भएको पैसा आफ्नी छोरीसँग बाँड्ने बताएका छन।
गान्धीले यो चश्मा उनका काकालाई दक्षिण अफ्रिकामा काम गर्नेबेला दिएको बताइन्छ।
प्रकाशित मिति : २०७७ भाद्र ६ गते शनिवार