यी हुन् आज विद्युत कटौती हुने काठमाडौँका क्षेत्र

७ भदाै ,काठमाडौं। नयाँ फिडर लाइन तान्ने कार्य गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म काठमाडौँका केही स्थानमा विद्युत् कटौती गर्ने भएको छ ।

प्राधिकरणका सूचना अधिकारी लीलाकुमारी अर्यालयका अनुसार पुल्चोक वितरण केन्द्रको टेकु फिडरबाट वितरित ११ केभी लाइनमा नयाँ फिडर तान्न लागिएको विद्युत् कटौती गर्न लागिएको हो ।

प्राधिकरणले बागडोल क्षेत्र आसपास, सनराइज टावर आसपास तथा सानेपाम चक्रपथ क्षेत्र, खाद्य गोदामलगायतका क्षेत्रमा विद्युत् कटौती गर्न लागिएको हो । प्राधिकरणले ती क्षेत्रका ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति क्षमा याचना गरेको छ ।

तोकिएको कार्य समय अगावै सम्पन्न भएको खण्डमा प्राधिकरणले उक्त समय अगावै विद्युत् आपूर्ति हुने प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस