पश्चिम रोल्पामा क्लब दर्ता गर्ने क्रम बढ्दो

७ भदौ, रोल्पा । विगतमा संस्था दर्ता बिना नै कार्यक्रम सञ्चालन गर्दै आएका कतिपय युवा क्लवहरु पछिल्लो समय औपचारिक रुपमा दर्ता हुन थालेका छन् । जिल्ला प्रशासन कार्यालय रोल्पामा पश्चिम रोल्पाका दुई वटा क्लव दर्ता भएका छन् ।

माडी–३ दाङबाङका राजकुमार घर्तीमगरको अध्यक्षयतामा १३ सदस्यीय ‘‘समृद्धि युवा क्लव माडी–३ दाङबाङ रोल्पा’’ दर्ता गरिएको छ । क्लवको उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सह–सचिवमा क्रमशः तिर्सना घर्ती, सर्जन विक, सिता बुढा (घर्तीमगर) र विजय घर्तीमगर रहेका छन् । सदस्यमा उदेश रानामगर, राजेश बाँठामगर, समिर घर्ती, हरिप्रकाश घर्तीमगर, विपिन घर्तीमगर, मुक्तिकिरण घर्तीमगर, महेश कुमार बुढामगर र उर्मिला घर्तीमगर रहेका छन् ।

त्यस्तै क्लबका सल्लाहाकारमा नेपाल राष्ट्रिय मावि तालाबाङका प्रधानाध्यापक चन्द्रबहादुर घर्तीमगर, पत्रकार हिराबहादुर घर्तीमगर, माडी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष दलबहादुर घर्ती, नेकपा माडी गा.पा. वडा नं. ३ का अध्यक्ष बलबहादुर बुढा, बुद्धिजीवि तथा खेल प्रशिक्षक बल बहादुर घर्ती, शिक्षकहरु खर्कबहादुर बुढामगर र बलबहादुर घर्तीमगर रहेका छन् ।

‘‘समृद्ध नेपालका लागि युवा अभियान’’ क्लवको मुख्य नारा रहेको अध्यक्ष राजकुमार घर्तीमगरले जानकारी दिए । क्लवका युवालाई व्यवसायमा लाग्न प्रोत्साहन गर्ने, खेलकुदको आयोजना गर्ने, सडक नाटक, साँस्कृतिक कार्यक्रम, महोत्सव सञ्चालन गर्ने, युवा ज्ञान केन्द्रको विकास गर्ने, दिगो शान्ति, सुशासन प्रवद्र्धन, जैविक विविधता, वातावरण संरक्षण, जलवायु परिवर्तन, भौतिक पूर्वाधार, वैकल्पिक उर्जा प्रवद्र्धन, सामाजिक जवाफदेहीता, खाद्य सुरक्षा, पोषण, विपद व्यवस्थापनसँग सम्बन्धित कार्यक्रमहरु सञ्चालन गर्ने, सामुदायिक एफएम, टेलिभिजन सञ्चालन गर्ने लगायतका उद्देश्यहरुमा रहेको अध्यक्ष घर्तीले बताएका छन् ।

त्यस्तै परिवर्तन गाउँपालिका वडा नं. ६ ओबाङमा पनि क्लव दर्ता गरिएको छ । ‘‘पालैपालो विकासमा हातेमालो’’ मुख्य नाराका साथ क्लव दर्ता गरिएको हो । स्थानिय युवा सूर्य घर्तिको अध्यक्षयतामा १३ सदस्यीय उज्यालो ओबाङ युवा क्लव परिवर्तन–६ रोल्पा गठन गरिएको हो ।
क्लवको उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सह-सचिवमा क्रमशः विवेक बुढा मगर, प्रकाश खत्री, भक्तबहादुर पुनमगर र कमला श्रेष्ठ रहेका छन् । सदस्यमा प्रेमनारायण श्रेष्ठ, साहिस्ता घर्तीमगर (केसी), सपना घर्तीमगर, नारायण बुढामगर, श्यामु विक, उजर सिंह बुढा, पुनाराम घर्ती, र नविना पुनमगर रहेका छन् ।

त्यस्तै क्लबका सल्लाहाकारमा पत्रकार रोहित केसी र इन्जिनियर हुकुम बुढामगर रहेका छन् । क्लवका संरक्षकमा पूर्व पर्यटन तथा उड्डयन सहायक मन्त्री भीम कुमारी बुढामगर, बुद्धिजीवि कुलप्रसाद श्रेष्ठ लगायत रहेका छन् ।

रोल्पाका अधिकाश गाउँमा क्लव दर्ता बिना नै कार्यक्रम सञ्चालन भई रहेका छन् । दर्ता बिनाका क्लबले खेलकुद प्रतियोगिता आयोजना गर्ने, सहयोग रकम उठाउने लगायतका कार्य गरी रहेका छन् । पछिल्लो समय दर्ता बिनाका क्लवलाई औपचारिक कार्यक्रम गर्न कडाई गरिए पछि क्लव दर्ता गर्ने क्रम बढ्न थालेको आंकलन गरिएको छ ।

जिल्ला प्रशासनका कार्यालयका अनुसार संस्था दर्ता ऐन, २०३४ अनुसार हाल सम्म ३ सय ४६ जिल्लामा वटा संस्था दर्ता भएका छन् ।

प्रकाशित मिति : २०७७ भाद्र ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस