७भदौ, तुलसीपुर । दाङको तुलसीपुरबाट अग्रिम साप्ताहिक पत्रिका प्रकाशनमा आएको छ । ‘स्वाधीनता, समृद्धि र समाजवादको यात्रा’ नाराकासाथ प्रत्येक सोमबार प्रकाशन हुन लागेको हो । दाङमा छापा सञ्चार माध्यमको नयाँ शैलीबाट प्रकाशन गर्न लागिएको प्रकाशक दिपक बोहराले बताए ।

मुलुक संघीयतामा गएसंगै पत्रकारिताको पनि फरक अभ्यास गर्न सकिने भन्दै पत्रिका प्रकाशन गर्न लागिएको हो । विज्ञान, प्रबिधिको विकासंगै डिजिटल मिडिया अगाडी आएको भएपनि छापा माध्यमका आफ्नै विशेषता रहेको भन्दै उनले छापा माध्यामको भबिष्य पनि उज्ज्वल रहेको बताए ।

उक्त पत्रिकाको सम्पादकमा अनिता पोख्रेल, प्रवन्ध निर्देशकमा हरिष गिरी तथा सहसम्पादकमा दुर्गा विक रहेका छन् ।