प्रेममा बफादार हुन्छन् यस्ता युवतीहरु, छोड्दैनन् पार्टनरका हात

नामबाट वा नामको शुरुवाती अक्षरबाट पनि मानिसको स्वभाव बारे जानकारी पाउन सकिन्छ ।
जन्म कुण्डली अनुसार बन्ने नामको शुरुवातको अक्षरले व्यक्तिको व्यवहार भाग्य भाग्य र भविष्यबारे थाहा हुन्छ ।

आज हामी यस्तै केही नामहरुको बारेमा व्याख्या गर्दै छौँ।

A नामका युवती : पहिलो अक्षर A हुने युवतीहरुको स्वाभाव इमोशनल हुन्छ । यिनीहरु कुनै युवकको अनुहार हेरेर नै प्रेममा पर्छन् । यस्ता युवतीहरु छिट्टै पार्टनरलाई विश्वास गर्छन् । ‘एक्स्ट्रा केयरिङ’ प्रकृतिका यस अक्षरवाली युवती जीवनभरी पार्टनरको साथ छोड्दैनन् ।

B नामका युवती : यस अक्षरबाट नाम सुरु भएका युवती संवेदनशील हुन्छन् । र, छिट्टै प्रेममा पर्छन् । उनीहरु आफ्नो साथीको बानीको बारेमा सचेत हुन्छन् । आफूले आशा गरेजस्तो नभएमा बिना साथी रहन पनि स्वीकार गर्छन् ।

G नामका युवती : यो अक्षरबाट नाम सुरु भएका युवती छिट्टै प्रेमको चक्करमा पर्छन् । पहिलो नजरमा नै प्रेममा पर्ने यस्ता युवतीहरु साँचो प्रेम गर्छन् । र जस्तो सुकै कठिन परिस्थितीमा पनि जीन्दगीभर साथ निभाउँछन् ।

M नामका युवती : यो अक्षरबाट नाम सुरु भएका युवती दिलवाली हुन्छन् । जति छिट्टो प्रेममा पर्छन् । जो उनीहरुको जीवनमा आउँछन् उनीहरुलाई जीवनभरी साथ छोड्दैनन् ।

P नामका युवती : प्रेम विवाहमा विश्वास गर्ने यस्ता युवतीहरु पनि छिट्टै प्रेममा पर्छन् । यिनीहरु आफ्नो पार्टनरलाई कहिल्यै धोका दिँदैनन् । यद्यपि, यिनीहरुले कहिल्यै साँचो प्रेम पाउँदैनन् ।

T नामका युवती : यो अक्षरबाट नाम सुरु भएका युवती छिट्टै प्रेममा पर्छन् तर व्यक्त गर्नलाई हिच्किचाउँछन् । तर यिनीहरु आफ्नो प्रेम पाउनको लागि जे पनि गर्छन् । र जीन्दगीभर आफ्नो साथीको साथ छोड्दैनन् ।

प्रकाशित मिति : २०७७ भाद्र ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस