श्रीमान्–श्रीमतीले सम्बन्ध राम्रो बनाउन पनि गर्नुपर्छ झगडा !

एजेन्सी । धेरै जना खुसी र सुखी जीवनका लागि कहिल्यै झगडा नभइदिएको भए हुन्थ्यो भन्ने चाहन्छन् । हुन पनि झगडा कसैलाई मन पर्दैन । तर, हामी सबैको जीवनमा एक न एक पटक कसै न कसैसँग झगडा भएकै हुन्छ । अझ दाम्पत्य जीवनमा पति–पत्नीबीच झगडा हुनु सामान्य विषय नै भइसकेको छ ।

तर, धेरै जनालाई यो थाहा नहुन सक्छ कि खुसी र सुखी जीवनका लागि झगडा आवश्यक पर्छ । अझ पती–पत्नीबीच हुने झगडाले त सम्बन्धलाई थप मजबुद बनाउन सहयोग गर्छ ।

एक नयाँ अध्ययनले जीवनसाथीसँगको केही विषय वा कुरामा भएको झगडा वा वादविवादले सम्बन्ध थप मजबूद बनाउने छ ।

१ हजार मानिसमा गरिएको अध्ययन अनुसन्धन गर्दा पत्ता लागेको तथ्यका अनुसार जुन जोडी कुनै कुरामा आफ्नो साथीसँग झगडा गर्छन् उनीहरु अन्य जोडीको तुलनामा १० गुणा धेरै खुसी रहन्छन् । जो जीवनसाथीसँगको कुराकानी वा झगडापछि रिसाएर एक्लै बस्छन् उनीहरुको तुलनामा झगडा गर्नेहरुबीचको सम्बन्ध थप राम्रो हुन्छ ।

अध्ययनका मुख्य लेखक जोसेफ ग्रिनिका अनुसार केही जोडी केही महत्वपूर्ण र संवेदनशील कुरामा आफ्ना साथीसँग झगडा गर्नबाट टाढा भाग्छन् । उनीहरुलाई लाग्छ कि यस्ता विषयमा विवाद गर्दा जीवनसाथीसँगको सम्बन्ध टुट्न जान्छ ।

तर अध्ययनमा सहभागी भएका ५ मध्ये ४ मानिसले पार्टनरसँग सम्बन्ध खराब हुनुको खास कारण राम्रोसँग कुराकानी नहुनु हो । तर ग्रिनिले बताए अनुसार केही जोडीले आफनो भावनालाई ठीक रुपमा बुझ्न सक्दैनन् । उनीहरुलार्ई कुन स्थितिमा कस्तो खालको व्यववहार गर्न आवश्यक छ भन्ने हेक्का वा जानकारी नहुँदा समस्या उत्पन्न हुने गरेको छ । खराब सम्बन्धको सबै दोष साथि माथि लाइदिन्छन् जसका कारण समस्या थप जटिल बन्न जान्छ ।

यस अध्ययनबाट पत्ता लाग्छ कि आफ्नो भावनालाई आफ्नो साथीसँग शेयर गर्नु र केही कुरा नराम्रो लागेमा पार्टनसँग झगडा गर्नाले सम्बन्ध कमजोर हुन्न बरु मजबूद हुन्छ । सिर्फ सम्बन्धमा विश्वास तथा प्यार आवश्यक छ ।

प्रकाशित मिति : २०७७ भाद्र ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस