काठमाडौँ उपत्यकामा थपिए २२४ कोरोना संक्रमित

८ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २२४ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २२४ सय जनामा कोरोना पुष्टि भएको हो । मन्त्रालयका अनुसार काठमाडौंमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जना कोरोना संक्रमित देखिएका छन् ।

प्रकाशित मिति : २०७७ भाद्र ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस