नेपालगन्जमा चरेससहित एकजना पक्राउ

भदौ ९, बाँके । प्रहरीले अवैध रुपमा लागूऔषध कारोबार गर्र्ने एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलिले अवैध रुपमा चरेस ओसारपसार गर्ने डुडुवा गाउँपालिका वडा नम्बर ४ का रमजानअलि बागवानलाई तीन किलो पाँच सय ग्राम चरेशसहित सोमबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी बाँकेका प्रवक्ता डीएसपी सुवास खड्काका अनुसार, विशेष सुराकका आधारमा बागवानलाई पक्राउ गरिएको हो । बागवानलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको खड्काले बताए।

प्रकाशित मिति : २०७७ भाद्र ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस