९ भदौ, काठमाडौँ । भारतमा थप ५१ हजार १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
योसँगै भारतमा संक्रमितको संख्या ३ करोड २५ लाख ११ हजार ३७० पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ७३७ संक्रमितको मृत्यु भएको छ । योसँगैभारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ३५ हजार ७८८ पुगेको छ ।
प्रकाशित मिति : २०७८ भाद्र ९ गते बुधवार


