विश्वमा कोरोनाले मृत्यु हुनेको संख्या ८ लाख १० हजार

१० भदौ, काठमाडौं । विश्वमा कारोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८ लाख १० हजार नाघेको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाले विश्वमा ८ लाख १० हजार ४९२ संक्रमितको मृत्यु भइसकेको छ ।

कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ भने दोस्रोमा ब्राजिल छ ।

प्रकाशित मिति : २०७७ भाद्र १० गते बुधवार
प्रतिक्रिया दिनुहोस